
चितवन । नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ को अध्यक्षमा चितवनका पोल्ट्रि ब्यबसायी ज्ञान बहादुर बिसुराल चयन भएका छन् ।चितवनमा आज शुक्रबार भएको प्रदेश ३ को भेलाले बिसुराललाइ संघको अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा परशुराम अधिकारी ,सचिवमा मनोज रानाभाट र कोसाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन् । सदस्यहरुमा पुरु खनाल,घनश्याम पौडेल ,हरिकृष्ण खनाल ,दिपेश श्रेष्ठ ,सुनिल ढकाल ,संजिब ढकाल ,अनुज जिसि,ओम प्रकाश कार्की , बिजय देशार सर्बसम्मत रुपमा चयन भएका हुन् ।