
चितवन । रत्ननगर महोत्सवको अवसरमा चिकेन एण्ड एग फुड फेष्टिवल आयोजना गरिने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २५ गतेदेखी टिकौलीमा १० औं रत्ननगर महोत्सव हुँदैछ भने त्यसैको अवसर पारेर सौराहाचोकको बसपार्कमा चिकेन फेस्टिवल गर्न लागिएको हो ।

५० वटा स्टल रहने फेस्टिवलका लागि बिहीवार सम्म ३० वटा स्टल बुक भईसकेको छ । फुडफेष्टिवलमा अण्डाका १६ परिकार, कुखुराको उपभोक्ताको चाहना अनुसारका परिकार, बंगुराका परिकार तथा बिभिन्न जातजातीका संस्कृतिसंग जोडिएका परिकारहरुको स्वाद चाख्न पाईने छ । पोल्ट्री जन्य उत्पादनमा अग्रणी जिल्ला चितवनको पूर्वी क्षेत्रमा ६० प्रतिशत पोल्ट्री जन्य उत्पादन हुँदै आएको छ ।
फेष्टिवलको सहयोगी संस्थाहरुमा पूर्वी चितवन कुखुरा व्यवसायी संघ, रत्ननगर नगरपालिका, नेपाल मावि तथा प्रायोजकमा जावलाखेल ग्रुप अफ इण्डिष्टिज र सह-प्रायोजकमा किसान दाना उद्योग रहेका छन । यही पुस २५ गतेबाट रत्ननगर महोत्सव २०७६ सुरु हुदैछ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवको उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्ने संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।