
चितवन । भरतपुर १० स्थित अस्पताल रोडमा रहेको चितवन एभरेष्ट अस्पताल प्रालीले नयाँ व्यवस्थापनका साथ आफ्नो सेवा सुरु गरेको छ । अस्पतालमा संचालक एवं प्रवन्ध निर्देशक डा. नवराज लामिछानेले विरामीलाई लड्डु खुवाएर बुधबार अस्पतालको ओपिडी सेवा सुभारम्भ गर्नु भएको हो । नयाँ व्यवस्थापनका साथ सुरु भएको अस्पतालको पाठपुजा सहित सेवा सुभारम्भ गरिएको हो ।
अस्पतालमा फिजिसियन, पेट छाती, मुटु, मृगौला, मधुमेह रोग विशेषज्ञ डा. नवराज लामिछाने, कन्सल्टेन्ट हाड जोर्नी, मेरुदण्ड, नशा रोग विशेषज्ञ डा मनोज कँडेल, जनरल सर्जन तथा पेट रोग विशेषज्ञ डा. सरोज गिरी, कन्सल्टेन्ट रेडियोलोजिष्ट डा अमित चौधरी, नवजात शिशु तथा वालरोग विशेषज्ञ डा. स्वेता कुमारी गुप्ता, छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. उमेश थापा, कन्सल्टेन्ट एनेस्थेसियोलोजी डा. ज्ञानेन्द्र न्यौपानेले स्वास्थ्य उपचार सेवा दिने अस्पतालका अध्यक्ष भरतराज रेग्मीले जानकारी दिनुभयो ।
चौविसै घण्टा इमरजेन्सी सेवाको व्यवस्था रहेको उक्त अस्पतालमा २५ शैयाको क्षमता रहेको छ । सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा अस्पताल सदैव प्रतिवद्ध रहेको जानकारी दिँदै अध्यक्ष रेग्मीले निकट भविश्यमा आईसियु सहितको सेवा संचालन गरिने वताउनु भयो । विगत लामो समय देखि अस्पताल रोडमा संचालन हुँदै आएको उक्त अस्पतालमा नयाँ व्यवस्थापन पछि स्वास्थ्य सेवा झनै गुणस्तरीय हुने अस्पतालका संचालक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । भरतपुरमा रहेर गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएका निजी अस्पतालहरु मध्ये चितवन एभरेष्ट अस्पताल पनि एक हो ।