जेसीज महाधिवेशनमा चितवन आएका काभ्रे उपाध्यक्ष मानन्धरको हत्या

चितवन । जेसीज महाधिवेशनमा रत्ननगर आएका काभ्रे जेसीजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर ईनारमा मृत फेला परेपछि घटना रहस्यमय बनेकाे छ । उनको हत्या भएको आशंका गरिएको छ ।
नेपाल जेसिजको ४६ औं महाधिवेशन रत्ननगरमा पुष ९ गते देखि १२ गते सम्म भएकाे थियो । जसमा देशभरका करिब १५० वटा क्लबबाट अाएका २५०० भन्दा बढि जेसीज प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे । साेही कार्यक्रममा सहभागी हुन आएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार बेलुका रत्ननगर वडा नं १ र ९ काे सिमामा रहेकाे नहर छेउमा रहेकाे ईनारमा भेटिएको हाे ।
यसैबीच प्रहरीले मानन्धरकाे सव बाहिर निकालेकाे छ । अाईतबारनै घटना थाहा भएपनि प्रहरीले आज (साेमबार) मात्रै परिवारकाे राेहाेभरमा शव इनारबाट बाहिर निकालेकाे हाे । शव हेर्दा पानीमै डुबेकै कारण शरीर फुलेकाे देखिएकाे छ ।
उता ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले शव इनारबाट निकालिएको जानकारी दिदै पाेष्टमार्टम रिपाेर्ट र अनुसन्धानबाट अझ थप रहस्य खुल्ने जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको