चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा हिजो विहीवारबाट सुरु भएको चितवन हात्ती महोत्सव अन्तर्गत शुक्रवार भएको हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि इच्छाकलीले जितेकी छन । प्रतिस्पर्धी ४ वटा हात्तीलाई पछि पार्दै इच्छाकलीले उपाधि जितेकी हुन ।
सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीको इच्छाकलीले निर्धारित १०० पूर्णाङकमा ८९ दशमलब ६६ अंक ल्याएर प्रथम भएकी थिइन प्रतियोगितामा पर्यटन व्यवसायी गोर्कण गिरीको जयमति कलि द्धितीय र ज्ञानेन्द्रकुमार विष्टको बम्किन कली तृतीय भएका छन । जयमतिकलीले ८३ दशमलब ६६ अंक ल्याएर द्धितीय बम्किनकलीले ८३ दशमलब १६ अंक प्राप्त गरी तृतीय भएको थियो ।
प्रतियोगितामा पिङकीकली र चम्पाकली गरी पाँच वटा हात्तीले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तर्गत हात्तीमा गरिएको पेन्टिङ,आनीबानी,अनुसासन र स्वास्थ्यलाई मुल्याङन गरेर प्रथम,द्धितीय र तृतीय छुट्याइन्छ । ९ दिन सम्म चल्ने सो महोत्सव अन्तर्गत हात्ती फाष्टवाक,हात्ती सुन्दरी,छावाहरुको फुटवल प्रतियोगिता हुने संयोजक राममणि खनालले जानकारी दिए ।
क्षेत्रीय होटल संघ चितवन सौराहाले चितवनको पर्यटन विकास गर्ने उद्देश्यले हरेक बर्ष महोत्सव गर्दै आएको संघका अध्यक्ष दीपक भट्टराईले बताए । भ्रमण बर्ष भएकाले यस बर्षको महोत्सवको अबधि बढाइएको संयोजक राममणि खनालले बताए ।