चितवन । १६ औं संस्करणको चितवन हात्ती महोत्सव आजदेखि सौराहामा सुरु भएको छ । आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । तस्वीरमा हेर्नुहोस्ः
सो अवसरमा पर्यटन र संरक्षणमा पुर्याएको योगदानको मुल्यांकन गर्दै नन्द प्रसाद भट्टराई,सन्तकुमार श्रेष्ठ र डिमरा चौधरीलाई सम्मान गरिएको थियो । पुष १८ गते सम्म चल्ने महोत्सवमा हात्ती पोलो,हात्तीका छावाहरुको फुटवल,हात्ती सुन्दरी प्रतियोगिता,हात्तीको पिकनिक,टाँगा,डुंगा दौड,महिला बीच भलिवल प्रतियोगिता लगायत प्रत्येक दिन सास्कृतिक कार्यक्रम समेत हुनेछ । भ्रमण वर्षकै शुभारम्भका लागि यस वर्ष हात्ती महोत्सवको समयावधि ४ दिन थप गरिएको छ । महोत्सव लम्वाईएकाले विगत रोकिएका विभिन्न खेलकुदका कार्यक्रम यस वर्ष पुन समावेश गरिएको छ भने राष्ट्रियस्तरको महिला बीच भलिवल प्रतियोगिता थप गरिएको छ । अग्रेजी नयाँ वर्षको प्रदेश सरकारले ३ नम्वर प्रदेशको १३ वटा जिल्लाबाट विभिन्न संस्कृति प्रर्दशन गर्ने कार्यक्रम तय भएको छ ।