
चितवन । पर्यटन प्रवद्धन लागि हरेक बर्ष गरिदै आएको चितवन हात्ती महोत्सवको १६ औँ संस्करणको तयारी पुरा भएको आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनु भएको छ ।
आज विहिवार पुस १० गते १२ वजे नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने संघका कोषाध्यक्ष शिवराज दुवाडीले वताए ।
उद्धघाटन अघि चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्धारावाट शोभायात्रा निस्कने र महोत्सव स्थलमा आए पछि औपचारी रुपमा चितवन हात्ती महोत्सवको उद्धघाटन हुने क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवमा संयोजक राममणि खनाल जानकारी दिनु भएको छ । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यात प्राप्त गायक गायिका साथमा स्थानिय कलाकारहरको साँस्कृतिक प्रस्तुती रहने आयोजकले वताएका छन् ।
साथै यस वर्ष पहिलो पटक राष्ट्रियस्तरको खेल पनि समावेश गरिएको छ । यो पटकदेखि राष्ट्रिय महिला बीच भलिबल खेल थप गरिएको हो । महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन् ।