काठमाडौं । हुन त सुर्यलाई (Direct) नाङ्गो आखाले हेर्नू कहिल्यै पनि राम्रो मानिदैन ,ग्रहणको बेला यो अझै खतरनाक हुन्छ।अरुबेला सुर्यलाई हेर्दा हाम्रो आखाको नानी सानो भइ हानिकारक ultravoilet rays हरु धेरै मात्रामा आखाभित्र जान पाउदैन ( protective mechanism) तर ग्रहणलाग्दा सुर्यको वरिपरि कालो हुने हुदा हाम्रो आखाको नानी नखुम्चेर फुलेको अस्वथामा रहने हुदा अरु बेला भन्दा धेरै हानिकारक ultravoilet किरण आखाभित्र छिरेर आखाको रेटिना सधैको लागि खाराब गर्न सक्छ?
प्रश्न 1) ग्रहण हेर्न मन लागे कसरी हेर्ने?
उत्तर …यसको लागि विशेष किशिमको eclipse चस्मा नै हुनुपर्छ।पहिला ग्रहण लागेको भन्दा अर्कोतिर फर्केर चस्मा लगाउने अनि हेरेर चस्मा निकाल्दा पनि अर्कोतिर फर्केर निकाल्ने।
प्रश्न २) साधारण sunglass लगाएर हेर्न सकिन्छ?
उत्तर …सकिँदैन
प्रश्न ३) x ray बाट वा पानीमा छाया वा आँखा सानो पारेर येस्सो हेर्न सकिन्छ?
उत्तर …यो झनै खतरापूर्ण हो।यस्तो कहिल्यै गर्नु हुदैन
प्रश्न ४) झुक्केर हेरि हाले के हुन्छ?
उत्तर …तुरुन्तै त असर नदेखिन सक्छ तर केही समय पछि दृस्टी धमिलो हुने, कुनै पनि चिज हेर्दा बिचमा कालो देखिने ( central scotoma) हुने हुन्छ र यसरी हुने खराबी सधैको लागि अर्थात permanant हुन्छ।
(रेटिना बिभाग, लुम्बिनी नेत्र बिज्ञान अध्यन सस्थान)