फोर्ब्स कलेजका इन्जिनियर मैनालीद्वारा जन्मदिनको अबसरमा न्यानो कपडा सहयोग

चितवन । फोर्ब्स कलेजका परिचालन प्रमुख इन्जिनियर दिवस मैनालीले जन्मोत्सवको अवसरमा देबघाट स्थित देबघाट समाज कल्याण केन्द्र बृद्दाश्रममा ३५ जना बुबाआमाहरुलाइ न्यानो कपडा वितरण गरि सामाजिक सेवा गर्नुभएको छ । 

लायन्स क्लब एभरर्ग्रीन चितवनका सचिब समेत रहेका मैनालीले जन्मदिने आमा, लायन्स क्लब पदाधिकारीहरु ,सदस्यहरु तथा फोर्ब्स कलेजका स- प्रचार्य र अन्य सहकर्मी साथीहरुको उपस्थितिमा न्यानो कपडा वितरण गर्नुभएको थियो । सो कार्यक्रममा मैनाली ले हामी सबै छोराछोरी भएको हुनाले आश्रममा रहनु भएको बुबाआमा धेरै भाग्यमानी भएको भन्दै यस्ता सामाजिक कार्यक्रममा आफू संधै लाग्ने बताउनु भयो।
सो कार्यक्रममा ६० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको