सबैको साथले चुनाव जित्छु : नेपाल जेसीज राष्ट्रिय अध्यक्षका उम्मेदवार अरुणेश्वर खनाल

चितवन । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका उम्मेदवार अरुणेश्वर खनालले आफुले निर्वाचन जित्ने बताएका छन । आज पत्रकार सम्मेलनको आयोजना गरी खनालले देशभरका जेसीजहरुले आफुलाई साथ दिएको भन्दै अत्याधिक मत ल्याएर चुनाव जित्ने बताए ।

म ढुक्क छु,सबैले मलाई साथ दिनुभएको छ उनले भने मैले सजिलै चुनाव जित्छु । खनालले आफु निर्वाचित भएपछि नेपाल जेसीजका सामाजिक विकासका कार्यक्रमहरुलाई निरन्तरता दिँदै सरकारसंग सहकार्य गरेर काम गर्ने बताए । नेपाल जेसीजले युवाहरुको नेतृत्व विकास गरी समाजलाई हस्तान्तरण गर्दै आएको छ । यसको अलवा खनालले तीनै तहका सरकारसंग सहकार्य गरी पर्यटन,शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए । विसहजार जेसीज भरतपुरका पूर्व अध्यक्ष समेत रहेका खनालले जेसीजको अभियान चितवनबाट सुरु गर्ने बताए ।

सन २०१२ मा खनाल राष्ट्रिय उपाध्यक्ष,सन २०१३ मा राष्ट्रिय महासचिव पदमा रही नेपाल जेसीजमा कार्यअनुभव सम्हानिसकेका व्यक्ति हुन । रत्ननगरमा हुने ४६ औं महाधिवेशनमा खनालले राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएका छन । अध्यक्षका उम्मेदवार खनालले प्रचारप्रसारलाई व्यापक बनाएका छन । महाधिवेशन हुने रत्ननगरको निपनी क्षेत्र खनालकै प्रचार सामाग्रीले रंगिएको छ । विस हजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी,अरुणेश्वर खनाल जिताउ अभियानका प्रचारप्रसार समितिका संयोजक रमेश बास्ताकोटी लगायतले मन्तव्य राखेका थिए ।

नेपाल जेसीजको अध्यक्षमा खनाल सहित अशोक शंखर र विकास मानन्धर चुनावी मैदानमा छन । महाधिवेशन अन्र्तगत हुने निर्वाचनले एक अध्यक्ष,४ जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित गर्ने छ । एक अध्यक्षका लागि तीन जना,४ कार्यकारिणी उपाध्यक्षको लागि ११ जना र १२ जना उपाध्यक्षको लागि २१ जनाको उम्मेदवारी परेको छ । निर्वाचित भए लगतै अध्यक्षले महाधिवेशनमै महासचिव,कोषाध्यक्ष र कानुनी सल्लाहाकार नियुक्त गर्ने छन । यसरी महाधिवेशनले २० जनाको केन्द्रीय समिति निर्माण गर्ने छ । उम्मेदवारहरुले दुई महिना अघि नै उम्मेदवारी दर्ता गराइसकेका छन । निर्वाचन पुस ११ गते २ बजेबाट सुरु हुने छ ।

निर्वाचनमा १ हजार ८७५ जनाले मतदान गर्ने रत्ननगर जेसीजका अध्यक्ष सुवास पोखरेलले बताए । महाधिवेशन अन्तर्गत १० गते नेतृत्वका लागि परिर्वतन विषय संवाद कार्यक्रम हुने छ । संवाद कार्यक्रममा नेकपाका युवा नेता महेश बस्नेत,नेपाली काँग्रेसका युवा नेता गगन थापा,नयाँ शक्ति पार्टीका संयोजक रविन्द्र मिश्र र अर्थविद् डा.स्वणिम वाग्लेले संबोधन गर्ने कार्यक्रम रहेको महाधिवेशन निर्देशक पुष्प जोशीले जानकारी दिए । सोही विषयमा बतृत्वकला प्रतियोगिता समेत हुने छ । सो प्रतियोगितामा देशभरबाट छनौट भएका ४ जनाको मात्र सहभागीता रहने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको