चितवन । भरतपुर ८ मा अवस्थित सत्यम स्कुलको आयोजनामा गत सोमबारवाट सुरु भएको सत्यम स्कुल जिल्ला स्तरीय अन्तर विद्यालय कराँते प्रतियोगिता मंगलबार सकिएको छ । सितोरियो कराँते संघ चितवनको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाका विभिन्न ४० वटा विद्यालयहरुले सहभागिता जनाएको सत्यम् स्कुलका प्राचार्य परशुराम पौडेलले बताउनु भयो ।
प्रतियोगिता २० के.जी देखि ५५ के.जी तौल समुहका छात्र छात्राहरुले सहभागिता जनाएका थिए । २० केजी तौल समुहको प्रतिस्पर्धामा केटा तर्फ सत्यमका निर्जल शर्मा प्रथम, पदमपुरका अशोक मुुक्तान दितीय, वाल्मिकिका श्रयम भट्टराई र सत्यमका प्रन्जय तिवारी तृतिय भएका छन् । २५ केजी तौलमा हेमन्त लामा प्रथम नसिल तामाङ द्धितीय, समिर कुमाल तृतीय भएका छन् । यसैगरी ३० केजी तर्फ अनुप उपरकोटी प्रथम, समिर हवानी द्धितीय, सुविन थिङ र मोहम्मद तृतीय भएका छन् । ३५ केजी तर्फ सिमान्सु थापा प्रथम, अस्मित न्यौपाने द्धितीय, भिजन अधिकारी र विसान थापा तृतीय भएका छन् ।
४० केजी तर्फ शिवराज कुमाल प्रथम, विशाल क्षेत्री द्धितीय, दिवस महतो र रिदम राना तृतीय भएका छन् , ४५ केजी तर्फ रोहित घले प्रथम, मोहम्मत आसन द्धितीय, प्रदिप नेपाली र साहिल थापामगर तृतीय भएका छन् । ५० केजी तर्फ अविशेक पाण्डे प्रथम, शुसान्त सापकोटा द्धितीय, प्रनिश शर्मा र सुदिप थिङ तृतीय भएका छन् । ५५ केजी तर्फ कुमार विक प्रथम, शिद्धार्थ श्रेष्ठ द्धितीय, राईविन पाठक र कृसन श्रेष्ठ तृतीय भएका छन् ।
यसैगरी २० केजी तौल समुहको छात्रा तर्फ सिम्वला दवाडी प्रथम, ऐश्वर्या ओझा द्धितीय, पुनी घले र आस्ना पौडेल तृतीय भएका छन् । २५ केजी तर्फ प्रजिस्ना श्रेष्ठ प्रथम, तृषा थापा द्धितीय, सारा सुवेदी र प्रियङ्का खरेल तृतीय भएका छन् । ३० केजी तर्फ आर्या पाठक प्रथम, तनु श्री सरावगी द्धितीय, खुम्वु तावन र कृषा वस्नेत तृतिय भएका छन् । यसैगरी ३५ केजी तर्फ प्रज्ञा तामाङ प्रथम, मेनुका तामाङ द्धितीय, कृतिका पौडेल र स्वीकृति तिवारी तृतीय भएका छन् ।
४० केजी तर्फ अपेक्षा थापामगर प्रथम, स्नेहा ठकुरी द्धितीय, सृष्टि न्यौपाने र ममता गुरुङ तृतीय भएका छन् । ४५ केजी तर्फ निस्मा आले प्रथम, गृस्मा पालिखे द्धितीय, दिया गुरुङ र पार्वती गुरुङ तृतीय भएका छन् । ५० केजी तर्फ एन्जिला गुरुङ प्रथम, पुजा पाण्डे द्धितीय, रिया गुरुङ र दिया अधिकारी तृतीय भएका छन् । यसैगरी ५५ केजी तर्फ जिना श्रेष्ठ प्रथम, सोनि तामाङ द्धितीय, विनिता घले र आरुशा लोहनी तृतीय भएका छन् ।
प्रतियोगितामा १८ वटा गोल्ड मेडल मध्ये ४ वटा गोल्डमेडल प्राप्त गरि सत्यम स्कुल पहिलो च्याम्पियनसिप वन्न सफल भएको छ भने ३ वटा गोल्डमेडल प्राप्त गरि पदमपुर द्धितीय च्याम्पियनसिप वन्न सफल भएको छ । यसैगरी २÷२ वटा गोल्ड मेडल प्राप्त गरि लिटिल फ्लावर र सनराईज स्कुल तृतीय च्याम्पियनसिप वन्न सफल भएको छ । प्रतियोगितामा सत्यम स्कुलकी निस्मा आले र पदमपुरका अनुप उपरकोटी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
विद्यार्थीको वौद्धिक विकासका साथसाथै शारीरिक र मानसिक विकासका लागि खेल महत्वपूर्ण रहेको सत्यम स्कुलका प्राचार्य पौडेलको भनाई छ । उहाँले खेलबाट विद्यार्थीमा अनुशासन, मर्यादा, आपसी सद्भाव र भाइचारको सम्बन्ध विस्तारहुने हुँदा सत्यमले प्रतियोगिताको आयोजना गरेको जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुनेलाई मेडल र प्रमाण पत्रले सम्मान गरिएको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer