सुकुम्वासी तथा भुमीहिनलाई जतिसक्दो छिटो लालपुर्जा  वितरण गरिने: भूमि व्यवस्था मन्त्री अर्याल

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भुमी सम्वन्धी ऐन पारित भई सवै प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छन् । शनिवार रत्ननगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री अर्यालले सुकुम्वासी तथा भुमीहिनहरुले अहिले प्रयोग गर्दै आईरहेको जग्गाकै लालपुर्जा  छिटो भन्दा छिटो उनिहरुलाई वितरण गरिने बताइन् । तर वनको एउटा रुख समेत नकाटिने उनले वताईन् । केही तत्वहरु तल आएर सुकुम्वासीलाई उचाल्ने र सदनमा विरोध गर्दा समेत ऐन पारित भईरहेको भन्दै उनले वर्तमान सरकारलेनै सुकुम्वासीलाई लालपुर्जा दिने उद्घोष गरिन् ।

रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको गरेको प्रति प्रसंसा गर्दै मन्त्री अर्यालले यहाँ सुकुम्वासीको पूर्ण विवरण समेत उतारिसकेकाले यहीबाटै पुर्जा वितरण गर्ने संकेत गरिन् । ३ नम्वर प्रदेशका साँसद कृष्ण प्रसाद खनालले चितवन भुमीहिन, सुकुम्वासी र अव्यवस्थितहरुको वाहुल्यता रहेको क्षेत्र भएकाले यही जिल्लाबाट पुर्जा वितरणको काम सुरु गर्न मन्त्री अर्यालको ध्यानाकर्षण गराए ।

बाढी र सुकुम्वासीको नाममा राजनिति गरेको भन्दै अव पुर्जा वितरण नगरे जनताले माफी नदिने साँसद खनालको भनाई थियो । रत्ननगरका मेयर नारायण वनले लालपुर्जा सिरानीमा राखेर सुत्ने दिन कुरिरहेको वताए । रत्ननगरमा नगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा सुकुम्वासी,भुमिहिनहरुका लागि करिव ८० घर निर्माण गरिसकेको सो अवसरमा मन्त्री अर्याललाई जानकारी गराए ।

हेर्नुस् आदिवासी थारुको लाठी नाच….

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको