रेवान पोखराको टिम चितवनमा, चितवनबासीलाई पोखरा सडक महोत्सवमा निम्तो

चितवन । पोखरा सडक महोत्सब पुष १२ गते देखी सुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसियसन पोखराको आयोजनामा यहि पुष १२ गते देखी १६ गते सम्म पोखराको लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रफलमा २१ औं पोखरा सडक महोत्सबको आयोजना गरिएको आइतबार सौराहामा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । यस पटकको महोत्सबको नारा “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने रहेकोले सबै चितवन बासीलाई निम्ता दिन चितवन आएको रेवान पोखराका पूर्व अध्यक्ष तथा प्रवद्धनात्मक कार्यक्रमका संयोजक सुर्य बहादुर भुजेलले जानकारी दिए ।
उनले पोखरा सडक महोत्सब देशकै सबैभन्दा ठुलो पर्यटन लक्षित कार्यक्रम भएको बताउदै देशभरिनै निम्ता बाड्दै र किन सो महोत्सबमा आउने भन्ने जानकारी दिन रेवान पोखराको टिम चितवन आएको बताए । भुजेलले पहिले पोखरा रेवानको कार्यक्रम र चितवन रेवानको कार्यक्रम जुध्ने गरेकोमा अहिले भने फरक फरक मितिमा हुनु निकै राम्रो भएको बताउदै सो महोत्सब लेकसाइडको करिब ३ किमि क्षेत्रफलमा हरेक दिन दिउसो १ बजे देखी मध्यराती सम्म हुने भएकोेले अंग्रेजी नया वर्षको मज्जा लिन पोखरा आउन सम्पुर्ण चितवन बासीलाई निम्ता दिए ।
भुजेलले बिगतमा बिसम परिस्थिती रहेपनि महोत्सब हुने गरेको बताउदै हालका दिनमा बिदेशी पर्यटक क्रिसमश मनाउन आ–आफ्नो देश फर्कने गरेकोमा सो महोत्सब सुरु भएपछि भने बरु क्रिसमश मनाउन पोखरानै आउने गरेको बताए । उनले नेपाल पर्यटन बोर्डले पनि सो महोत्सबलाई उत्कृष्ट महोत्सब भनेर तोकि सकेको कारणले गर्दा सबैका लागि नया वर्षको गन्तब्य पोखराको सडक महोत्सब हुनेमा दुइमत नहुने कुरा ब्यक्त गरे ।
पोखरा सडक महोत्सबका सह–संयोजक तथा रेवान पोखराका कार्यसमिति सदस्य समेत रहेका नरेश भट्टराईले जनकपुर, इटहरी, सौराहा लगाएतका क्षेत्रलाई कसरी कनेक्सन गर्न सकिन्छ भनेर अगाडि बढिरहेको बताए । उनले मुग्लिन नारायनगढ सडक खण्डलाई संकेत गर्दै चितवन आउने मुख्य राजमार्गको समस्या समाधान नभए सम्म चितवनमा पर्यटन बढ्न नसक्ने कुरा ब्यक्त गरे । उनले गण्डकी सरकार हालका दिनमा पर्यटनसंगसंगै अगाडि बढि रहेको जानकारी दिदै गण्डकी सरकारले पर्यटन वर्ष २०२० को सुरुवात पोखराबाट गर्ने र सन् २०२१ मा पूर्वाधार र सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए ।

भट्टराईले यस पटकको महोत्सबमा करिब ८५ लाखको आम्दानी हुने साथै ६० लाख खर्च हुने र करिब १५ लाख बचत गर्ने सोच रहेको बताए । यसपालीको महोत्सबमा पर्यटकहरुलाई केहि छुटको ब्यवस्था गर्नु भएको छ कि भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा भट्टराईले बिगतका महोत्सबमा छुट भनेर भन्दा धेरै समस्या आएको पाइएकोले यसपालीबाट भने छुट भन्दा पनि हाइजेनिक र गुणस्तरीयतामा ध्यान दिन ब्यवसायीलाई अनुरोध गरेको बताए ।
कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद दिदै रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले रेवान पोखरासंग मिलेर सधै अगाडी बढि रहेको र रेवानले गर्ने कार्यक्रमको जानकारी दिन पोखराको टिम चितवन र चितवनको टिम पोखरा जाने गरेको बताए । उनले रेवान सौराहालाई माया गरे जसरी चितवन बासीले रेवान पोखरालाई पनि माया गरि पोखरा सडक महोत्समा सहभागिता जनाउन पोखरा जान आग्रह पनि गरे ।
कार्यक्रममा रेवान पोखराका पूर्व अध्यक्ष गोपी बहादुर भट्टराई, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराइ, बागमारा सामुदायीक वनका अध्यक्ष जित बहादुर तमाङ्ग लगाएतको उपस्थिती रहेको थियो ।
यसपालीको पोखरा सडक महोत्सबका आकर्षणहरुमा राष्ट्रिय अन्तराष्ट्रिय साँस्कृतिक कार्यक्रम, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रमहरु ३ किमि क्षेत्रका सडकहरुमा प्रर्दशन, सडकमै राष्ट्रिय अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, बृत्त चित्र प्रदर्शनी, बाल उद्यान हरु लगाएतका रहेका छन् । साथै सो महोत्सबमा हरेक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, बद्री पंगेनी, प्रीति आले, पशुपती शर्मा, सम्झना भण्डारी, राजु परियार, कमला घिमीरे लगाएतका कलाकारहरुको प्रस्तुती पनि रहने आयोजकले जानकरी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको