पदमपुरको भीमोदय नमूना माविमा एक दिवसिय होल स्कूल एप्रोच तालिम

चितवन । भीमोदय नमूना माविमा ब्रिटिश काउन्सिलको प्राबिधिक सहयोगमा होल स्कूल एप्रोच तालिम कार्यक्रम सम्पन्न भएको छ ।   
देशभरका १२१ बिद्यालय मध्ये कालिका नगरपालिकाको भीमोदय नमूना मावि पनि ब्रिटिश काउन्शिलमा छनोट भएको छ । आज कालिका – १ स्थित आप्पा ब्याङ्क्वेटको सभा हलमा भीमोदय नमूना माविले आफ्नो बिद्यालयको पठन पाठन नयाँ शैलीमा संचालन गर्न विद्यालयका ५४ जना शिक्षक/कर्मचारीहरुलाई एक दिवसिय प्रशिक्षण दिएको छ। बिद्यालयले अब निकट समयमा बेलायतको सरकारी बिद्यालय संग सिकाइमा साझेदारी कार्यक्रम संचालन गर्नेछ । बिद्यार्थी र शिक्षकहरु बीच अन्तरदेशीय रुपमा विभिन्न कुराहरुमा सहकार्य हुनेछ । बिद्यालयले आइएसए ( ISA ) सर्टिफिकेट प्राप्त गर्नका लागि यो वर्ष आबेदन गरेको छ ।

विद्यालयको आफ्नै आयोजनामा तालिम सम्पन्न भएको हो ।तालिम उद्घाटन कार्यक्रमको प्रमूख अतिथि शिक्षा बिकाश तथा समन्वय प्रमूख भूमिलाल सुबेदी रहनु भएको थियो भने अध्यक्षता बिब्यस अध्यक्ष अमृत श्रेष्ठले गर्नु भएको थियो । बिहान ८।३० बजे देखि बेलुका ६ बजे सम्म तालिम संचालन भएको थियो । ब्रिटिश काउन्शिलका बरिष्ट प्रशिक्षक प्राध्यापक तिर्थ कंडेलले प्रशिक्षण दिनु भएको थियो । तालिमको अन्तमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिम वाट सबै शिक्षक कर्मचारीहरु उत्साहित देखिनु भएको छ । अब भीमोदय माविको पठन पाठन ब्रिटिश काउन्शिलको अन्तराष्ट्रिय पद्दतिमा संचालन हुने कुरा प्रधानाध्यापक डा हरिप्रसाद कंडेलले बताउनु भयो । यसै बर्ष देखि स्टाफ नर्स , संगीत शिक्षक र खेल शिक्षकको समेत व्यवस्था गरिएकोले बिद्यालयको अतिरक्त क्रियाकलाप अझ व्यवस्थित हुने कुरा समेत बताउनु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको