पश्चिम चितवनको गुञ्जनगरमा जेष्ठ नागरिकलाई सम्मान

चितवन। पश्चिम चितवनको गुञ्जनगरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । भरतपुर महानगरपालिका १९ मा स्याङ्जाली ढकालहरुले आफ्नो कुलका जेष्ठ नागरिकलाई सम्मान गरेका हुन । 

विहिवार आयोजना गरिएको कुल पुजामा ढकाल कूल देवता समितिले ७० वर्ष कटेका बृद्धबृद्धालाई सम्मान गरेको हो । कूल मन्दिर परिषरमा आयोजित सम्मान कार्यक्रममा २२ जनालाई सम्मान गरिएको समितिका अध्यक्ष मुक्तिनाथ ढकालले बताए । स्याङ्जाको पंचमूल दरौ सिरुवारीका ढकालहरुले गुञ्जनगरमा कूलको स्थापना गरेका छन ।

गुञ्जनगरमा कूल मन्दिरको स्थापना गरेर वर्षेनी पुजा गर्दै आएका छन । चितवन ,नवलपुर , नवलपरासी लगएतमा छरिएर बसेकाहरु कुल पुजाबाट एकत्रित भएको सचिव रमाकान्त ढकालले बताए । मन्दिरका लागी जग्गा अपुग भएपछि विभिन्न दाताले आज १२ लाख रुपैया संकलन गरेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको