
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा आजबाट २ दिने मोबाइल जर्नालिज्म तालिम (मोजो) शुरु भएको छ । जिल्लाका ३० जना पत्रकार सहभागी रहेको तालिममा खोज पत्रकारिता केन्द्रका मल्टि मिडिया प्रोड्युुुसर प्रशिक्षक रामु सापकोटाले सहजीकरण गर्नु भएको छ ।
कार्यक्रम उद्घाटनको अवसरमा महासंघका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा अग्रज पत्रकारहरु रोहिणी त्रिपाठी, सुर्यप्रकाश कडेल, शिशिर सिंखडा, शालिग्राम नेपाल, चिन्तामणि पौडेल, सिर्जना अर्याल, अनिल ढकाल लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा संस्थाका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । तालिममा पत्रकारहरुलाई मोबाइलबाट फोटाे खिच्ने, अन्तर्वार्ता लिने, अडियाे तथा भिडियो इडिटिङ र भिडियो रिपोर्टिङको बारेमा प्रशिक्षण दिइएको थियो ।