चितवनमा भयानक अटो दुर्घटना: ५ जनाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुदाँँ मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पूर्वी चितवनको भण्डाराबाट करिब २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा आज साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते एकजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि  पर्बत जिल्ला कुस्मा न.पा. पिपलटारी बस्ने बर्ष ३५ को श्याम प्रसाद तिवारी मृत्यु भएको छ भने अन्य चारजनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा २ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको