काठमाडौं । घुस लिएको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला छाडेका छन् ।
मुद्दा छिन्ने अधिकार पाएका प्रजिअले एक स्थानीयको मुद्दामा एक लाख रुपैयाँ रकम लिएर दश हजारको मात्रै रसिद काट्न लगाएको तथ्य सार्वजनिक भएपछि जिल्ला छाडेका हुन् ।
एक स्थानीयको मुद्दामा एक लाख रुपैयाँ रकम लिएर नब्बे हजार रुपैयाँ आफुले राखेर दश हजारको मात्रै नगदी रसिद काट्न लगाएको आरोप उनीमाथि लागेको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ का कुमार लामा मोक्तानसँग सार्वजनिक मुद्दामा एक लाख रुपैयाँ मागेर दश हजार रुपैयाँ मात्रैको नगदी रसिद दिएको तथ्य सार्वजनिक भएको थियो ।
सिडियोले रकम मागेको कुरा लामाले नगदी रसिद देखाउँदै सार्वजनिक गरेका थिए ।