आज दिउँसो डिस्चार्ज भए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज  अस्पतालबाट डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले भएसंगै सकारी निवास बालुवाटार गएका छन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएकाे बताए ।

प्रधानमन्त्री डिस्चार्ज हुनु अघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् ।

प्रधानमन्त्री ओलीको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ खर्च लागेको बताइएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ लागेको जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको