रत्ननगरमा पुस २५ गतेदेखि रत्ननगर महोत्सव हुँदै

चितवन ।रत्ननगरमा आगामी  पुस २५ गतेदेखि रत्ननगर महोत्सव  हुने भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी आउँदो पुस २५ देखि माघ ७ गतेसम्म महोत्सव हुन लागेको जानकारी दिएको हो । दशौं पटकको यस महोत्सव यसपटक पनि टिकौली चौरमा आयोजना गर्न लागिएको हो ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन,स्थानीय कला सँस्कृतिको प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवंम सेवाको परिचय गराउन पाँच सय वटा स्टल रहने छ । यसपटक महोत्सवमा पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ५० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
यस पटक महोत्सवमा अन्तराष्ट्रिय प्रदर्शक समेत सहभागी हुने  छन । भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकहरुले अन्तराष्ट्रिय बजारमा रहेका प्रविधिहरु प्रदर्शन हुने छ ।
यस्तै चितवनको पर्यटन प्रवद्र्धनका लागि हेलिकप्टर मार्फत स्थानीय पर्यटकीय स्थलहरुको भ्रमण गराउने व्यवस्था मिलाईको छ । हेलिकप्टर मार्फत जिल्लाको अग्लो स्थान सिराइचुली, उपरदङगढी, परेवाकोट, मौलाकालिका मन्दिरलगायत स्थानको अबलोकन गराइने छ ।

यस्तै महोत्सवमा पर्यटन प्रवद्र्धन अन्तरगत चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरु सौराहा, चेपाङ पहाडी पदमार्ग, सिराइचुली, उपरदङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजारी ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचारप्रसार गराइने आयोजकले जनाएको छ ।

महोत्सवमा साँस्कृतिक कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखिएको छ । यसपटक पनि राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुति रहने छ ।

महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रुपैयाँको टिकट राखिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचय पत्रको आधारमा निःशुल्क महोत्सव अवलोन गर्न सक्ने आयोजकले जनाएको छ ।
रत्ननगर महोत्वसमा पछिल्लो वर्षहरुमा नियमित जसो फेस्टिबल समेत आयोजना गर्ने गरिएको छ । जसअन्तरगत यसवर्ष पनि चिकेन एण्ड एग फेस्टिबल आयोजना गरिएको छ । यस फेस्टिबल पुस २९ गतेदेखि माघ ४ गतेसम्म पाँच दिनसम्म चल्ने छ ।

संघका अध्यक्ष एवं मुल समारोह समितिका संयोजक राजाराम रेग्मीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । सो अबसरमा रत्ननगर नगरपालिकाकि उप प्रमुख बिमला दुवाडी, संघका निबर्तमान अध्यक्ष ज्ञानबहादुर बिसुराल, महासचिव निराजन खनालले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको