
रवि रोषी, चितवन । वेलायतवासी महेश अर्याल द्धारा चेपाङ संरक्षण केन्द्रलाई २० लाख सहयोग प्रदान गरेका छन् । वेलायतलाई कर्मभूमि बनाएर बस्दै आएका अर्यालले ण्आफ्ना पिता मार्फत पठाएको सो रकम आज रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, ेरत्ननगर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शशिभक्त न्यौपाने, रत्ननगर नगरपालिकाका प्रव क्ता राजेन्द्र हमाल लगायतका विभिन्न व्यक्तिहरुको समुपस्थितीमा केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई २० लाख १ रुपैंयाको चेक हस्तान्तरण गरेका थिए ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा नगरप्रमुख वनले ठूलो संघर्ष र आरोप प्रत्यारोपको वावजुद पनि आफ्नो लक्ष्य र अभियानबाट विचलित नभई सीमान्तकृत चेपाङ वालबालिकाको शिक्षार्जन हेतु आफ्नो उर्जाशील समय लगानी गर्नू कुनै चानचुने कुरा नभएको भन्दै अध्यक्ष शर्माको सामाजिक कार्यको सह्राहना गर्नुभयो । सोही क्रममा रत्ननगर नगरपालिकालाई वालमैत्री नगरपालिका घोषणा गरेको बस्मरण गराउँदै अति विपन्न वर्गका छात्र छात्राहरुलाई खाजा खर्चको रुपमा दैनिक १५ रुपैंया उपलव्ध गराउँदै आएको पनि उहाँले जानकारी गराउनुभयो ।
पञ्चकन्या सामुदायिक वनले आफ्नो जमीन उपलब्ध गराएर ११ नं. वडामा अवस्थित पञ्चतेज आधारभूत राष्ट्रिय प्राथमिक विधालय विस्थापित हुनबाट जोगाएकोमा सामुदायिक वन पनि धन्यवादको पात्र बनेको बारेमा बताउनुभयो । यसै सन्दर्भमा शिक्षक रुपमा जागीर खाँदै आएका अभिभावकले आफ्ना छोराछोरीहरुलाई निजी विधालयमा पढाृउने शिक्षकहरुको कर्मस्थल फेरबदल गर्नुे लक्ष्य पनि रहेको बताउनुभयो । अहिले सम्मकै दान रकममा चेपाङ संरक्षण केन्द्रलाई आएको ठूलो धनराशी प्रदान गर्ने वेलायतवासी महेश अर्याल र उहाँका पितालाई आफुले सम्मान गर्ने कुनै शव्द्ध पुरस्कार नै नरहेको भन्दै हर्ष व्यक्त गर्नुभयो ।
नगरपालिकाले प्राविधिक शिक्षा तर्फ मास्टर्स गर्न चाहने मुसहर समुदायका विधार्थी र चेपाङ समुदायका विधार्थीलाई विशेष अध्ययनकालिन समयमा अक्षुण भूमिका पनि निभाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । इमान्दारिताका साथ लक्ष्यका साथ अघि बढ्ने जो कोहिलाई प्रारम्भकालिन समयमा धेरै विध्न वाधा आएपनि अन्ततः उसलाई समाजका सुन्दर मन भएका असल व्यक्ति र संस्थाको साथ मिलिरहने छ भन्दै केन्द्रका अध्यक्ष शर्मालाई ढाडस दिनुभयो ।
सहयोगदाता महेश अर्यालका पिता प्रकाश अर्यालले वेलायतवाट प्रेषित सन्देश पढेर अध्ययनका लागि आश्रममा आश्रय लिएर पढ्दै आएका विधार्थी बालबालिकाको उज्जवल भविष्यको कामना गर्दै प्रेषित सहयोग रकमको सही सदुपयोग हुनेछ भन्ने कुरामा आफु ढुक्क भएको बताउनुभयो ।
केन्द्रका अध्यक्ष शर्माले सहयोगदाता अर्यालको यति ठूलो धनराशी सहयोग बच्चाहरुको शिक्षादीक्षा र खानपानका लागि पठाउनुभएको प्राप्त हुँदा आफुले लिएर हिँडेको लक्ष्यलाई ठूलो टेवा पुग्ने बताउँदै आभार प्रकट गर्नुभएको थियो ।