
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण गरिएको छ । स्थानीय किसानहरुद्वारा उत्पादन हुने तरकारी, फलफुल तथा खाद्यान्नहरु संकलन तथा विक्री गर्ने उद्देश्यले सो केन्द्र निर्माण गरिएको हो ।
जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लि. ले सो भवन निर्माण गरेको हो । भवन निर्माण गर्न १५ लाख ९४ हजार रुपैया खर्च भएको भवन निर्माण समितिकी संयोजक आशा वाईबाले जानकारी दिइन् ।
सो केन्द्र मार्फत् कालिका नगरपालिकाको विभिन्न वडाका किसानहरुले लाभ लिन सक्ने सहकारी संस्थाका अध्यक्ष सुदर्शन अधिकारीले जानकारी दिए । सो संस्थाको भवन निर्माण सम्पन्न भएकाले शुक्रबार भवन निर्माणको खर्चको समेत सार्वजनिकीकरण गरिएको थियो ।
कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, सिएमडीपीका कार्यक्रम संयोजक कृष्ण श्रेष्ठ, सहकारी संस्थाका उपाध्यक्ष हरि कुमार श्रेष्ठ, भवन निर्माण समितिकी संयोजक आशा वाईबा लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सुदर्शन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।