
चितवन । नवलपुर प्याब्सनको आयोजनामा नवलपुरमा स्मार्ट स्टडी प्रोग्राम सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।
नवलपुर प्याब्सनका अध्यक्ष रामचन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुर क्षेत्रका संस्थागत विद्यालयका प्राचार्यहरु, फाउण्डेसनका पदाधिकारीहरु तथा नवलपुर प्याब्सनका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालमनोविज्ञान बुझेर अध्यापन गराउनुपर्ने विषयमा शुक्रबार छलफल भएको थियो ।
शिक्षाको गुणस्तरको विकास गर्न विद्यार्थी, शिक्षक र अभिभावकको समन्वय आवश्यक हुने समेत कार्यक्रममा बताइएको थियो । सो अवसरमा ट्रेनर, रिसर्चर तथा प्रोफेसर डा. बसन्त प्रसाद अधिकारी, एजुकेटर फाउण्डेसन नेपालका को–अर्डिनेटर, रिसर्चर तथा ट्रेनर तारा प्रसाद अधिकारी, साइकोलोजिष्ट डा. महेश कुमार गजुरेल, लेखक तथा मोटिभेटर आचार्य लक्ष्मण भण्डारी, साइकोलोजिष्ट तथा साइक्याट्रिक नर्स विविका पण्डित, एजुकेटर्स फाउण्डेसन नेपालका म्यानेजिङ डाइरेक्टर दिपक गौतम लगायतले कार्यक्रममा प्रशिक्षण तथा आफ्ना भनाइहरु राखेका थिए ।
उनीहरुले स्वदेश तथा विदेशमा हुने अध्यापनको तुलना र विदेशी शिक्षाबाट सिक्नुपर्ने पद्दतीको बारेमा समेत छलफल गरेका थिए ।