
सिमकोट । हुम्लामा हिमपात सुरु भएको छ । लगातारको हिमपातका कारण डाँडाहरू सेताम्य भएका छन् ।
सदरमुकाम सिमकोटभन्दा माथिको क्षेत्रमा बिहीबार बेलुकादेखि हिमपात सुरु भएपछि पूरै सेताम्मे भएको छ ।
बिहानैदेखि बाक्लो बादल लागेर चिसो अत्याधिक बढेको भए पनि बेलुकादेखि हिमपात सुरु भएको हो ।
बिहीबार बेलुका आठ बजेदेखि हिमपात सुरु भएको थियोे । यसअघि पहिलो पटक हिमपात हुँदा पानी पर्ने गरेको भएपनि यसपाली भने सिधै हिउँ पर्न सुरु गरेको छ ।
सिमकोटमा आधा फिट हिउँ जमेको छ । हुम्ला दोस्रो हिमपात भए पनि सिमकोटसम्मको यसपालीको यो पहिलो हिउँ जमेको छ।