चितवन। आज बालाचर्तुदशी पर्व । दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानैदेखि देवघाटधाममा सतविज छर्नेको घुइँचो लागेको छ । सदविज छर्न श्रद्धालु भक्तजनहरुको आइतबार रातिदेखि नै देवघाटमा भीड लागेको थियो । सदविजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।
आजका दिन देवघाटधामको त्रिशुली र कालीगण्डकीको संगम वेणिमा सदविज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको देवघाट क्षेत्र विकास समितका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । देवघाटमा पितृको नाममा रातभर बत्ती बालेर जागराम बस्नुका साथै बिहान गंगा स्नान गरेर सदविज छरेपछि पितृको उद्धार हुने र आफुलाई पनि फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।