जनकपुर । जनकपुरमा एक महिलाले प्रत्येक एक मिनेटको फरकमा तीन सन्तानलाई जन्म दिएकी छिन् ।
धनुषा अस्पतालमा शल्यक्रिया गरी तीनै शिशुलाई जन्माइएको हो । तीनै शिशुको तौल २ किलोग्राम भन्दा माथि रहेको छ भने एक शिशुको स्वास्थ्यमा कमजोर भएकोले आईसियुमा राखेर राखिएको यस अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।










