कबर्ड हल निर्माणका लागि दबाब दिने उद्देश्यले रत्ननगरको सालघारीमा प्रदेश स्तरीय रेन्बुकाई कराँते प्रतियोगिता हुने

चितवन । पूर्वी चितवनको रत्ननगर १२ सालघारीमा यही माघ १७ गतेदेखि प्रदेश स्तरीय रेन्बोकाई कराँते प्रतियोगिता हुने भएको छ । सालघारी रेन्बोकाई कराँते डोजाङ संघ र सालघारी युवा समाजको संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा ३ नं. प्रदेशमा रहेका १३ जिल्लाका २ सय ५० जना खेलाडीहरु सहभागी हुने छन् ।

२५ देखि ६० केजी तौल समूहमा महिला र पुरुषको अलग अलग प्रतियोगिता हुनेछ । महिला तथा पुरुषको ९–९ वटा तौल समूहमा सो प्रतियोगिता हुनेछ । पञ्चदिप आवासीय माध्यमिक विद्यालय रत्ननगर १२ सालघारीको प्राङ्गणमा हुने सो प्रतियोगिता २ दिनसम्म संचालन हुनेछ । सो सालघारी क्षेत्रमा कबर्ड हल निर्माणका लागि दबाब  दिने उद्देश्यले सो प्रतियोगिताको आयोजना गर्न लागिएको डोजाङका प्रमुख लाल बहादुर तमाङले जानकारी दिए । “स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल” भन्ने मुल नाराका साथ हुने सो खेलमा प्रथम हुनेलाई रु. ५५ हजार, द्वितीय हुनेलाई रु. ३५ हजार र ट्रफी प्रदान गरिने छ ।

सो खेल सम्पन्न गर्न करिव ९ लाख ६० हजार रुपैया खर्च हुने बताइएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी हुने खेलाडीलाई यातायात तथा आवासको समेत व्यवस्था गरिएको तमाङले जानकारी दिए ।

कार्यक्रममा सालघारी युवा समाजका संयोजका विशाल लामा, गौतम बुद्ध युवा क्लवका अध्यक्ष दिपक थापा, आकृति महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष फुलमाया तमाङ, संघका सल्लाहकार शिव गुरुङ, दुर्गासिं गुरुङ, सचिव सुष्मा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको