चितवन । खैरहनी नगरपालिका ९ मा रहेको चात्रा खोलामा खैरहनी नगरपालिकालेनै पुल निर्माण गर्ने जनाएको छ ।
खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिकको शुक्रवार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख लालमणी चौधरीले सो खोलाको पुल नगरपालिकालेनै निर्माण गर्ने वताएका हुन् । सडक वोर्डका कारण सो पुल निर्माण हुन सकेको छैन् । सडक वोर्डको गलत डिजाईनका कारण चात्रा खोलामा पुल निर्माण हुन नसकेको हो । तर अव सडक वोर्डलाई कुर्ने मनस्थितीमा नगरपालिका छैन् ।
सो खोलामा पुल निर्माणका लागि खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैया विनियोजन समेत नगर प्रमुख चौधरीले वताए । चात्रा खोलामा पुल नवक्दा जनप्रतिनिधीहरु प्रति वडावासी रुष्ट थिए । तपाई वडावासीहरुको समस्यामा नगरपालिका चिन्तित छ नगर प्रमुख चौधरीले भने – अव सडक वोर्डलाई कुर्दैन नगरपालिकाले यसै वर्ष पुल निर्माण सुरु गर्छ । खैरहनी ९ का वडाध्यक्ष होमकुमार पुनले जनताको काम गर्दा अख्तियार जान परेपनि अव कुनै पनि हालतका पुल निर्माण गर्ने प्रतिवद्धता जनाए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीले चात्रा खोलामा पुल नवन्दा समस्या परेको भन्दै जनप्रतिनिधीहरुले पहल गर्नु पर्ने वताएका थिए । सहयोगी संस्था प्रफेक्ट मिडिया सोलुसनका निर्देशक विकास पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय वासुदेव पौडेल,दिपा ढुंगाना,टिकेन्द्र चौधरी लगायतले पुल निर्माणमा तदारुकता देखाउन आग्रह गरे ।
सहभागी हरुको गुनासालाई सम्वोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासीकय अधिकृत पुरुषोतम शर्माले फोहोर व्यवस्थापनमा नगरवासीहरुको सहयोग हुनु पर्ने,विकास निर्माणको काममा उपभोक्ता समिति चनाखो हुनु पर्ने धारणा राखे ।