भरतपुरमा बाल मनोविज्ञान सम्बन्धी दुईदिने अभिमुखीकरण

चितवन । प्याब्सन भरतपुर महानगरपालिकाको आयोजनामा बालमनोविज्ञान र स्मार्ट स्टडी विषय दुईदिने गोष्ठी भरतपुरमा सम्पन्न भएको छ । प्याब्सन भरतपुर महानगरपालिकाका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन चितवनका अध्यक्ष टिकाराम चापागाई रहेका थिए ।

प्याब्सन भरतपुर महानगरपालिका र एजुकेटर्स फाउण्डेसनको आयोजनामा भएको दुईदिने कार्यक्रम बिहिबार सम्पन्न भएको थियो । कार्यक्रममा भरतपुर महानगरभित्र रहेका संस्थागत विद्यालयका प्राचार्य र सहायक प्राचार्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा एजुकेटर्स फाउण्डेसन नेपालका को–अर्डिनेटर तथा ट्रेनर तारा प्रसाद अधिकारीले विद्यार्थीको शैक्षिक गुणस्तर विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावक विच समन्वय हुनुपर्ने बताए । उनले विद्यार्थीको मनोविज्ञान बुझेर स्मार्ट वेबाट अध्यापन गराउनु आजको आवश्यक भएको बताए । उनले विद्यालयहरुको आवश्यकता अनुसार एकवर्षमा कम्तिमा २० वटा स्मार्ट एजुकेशनसँग सम्बन्धित कार्यक्रमहरु संचालन गरी शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई सहभागी गराउन सकिने बताए ।

साइकोलोजिष्ट तथा ट्रेनर गोपीलाल श्रेष्ठ तथा बिबिका पण्डितले बालमनोविज्ञानको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा युनिभर्सिटी अफ एलाइड साइन्स नेदरल्याण्डका एजुकेशन मेनेजर तथा ट्रेनर एउकिजी स्मिटले यूरोप र नेपालमा पढाउने शैली तथा यसको भिन्नताको बारेमा चर्चा गर्दै नेपालमा एक्टिभ लर्निङ सिस्टमको बढी आवश्यकता रहेको बताए । एजुकेटर्स फाउण्डेसन नेपालका कार्यकारी निर्देशक दिपक गौतमले फाउण्डेसनले गर्दै आएका र आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको