चितवन । भरतपुरको एयरपोर्ट गेट अगाडि रहेको मनकामना अस्पताल प्रा.लि.ले विश्व मधुमेह दिवशको अवसरमा फास्टिङ सुगरको निशुल्क परीक्षण तथा औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
अस्पतालका अध्यक्ष धु्रव काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह, भरतपुर वडा नं. १० का अध्यक्ष अरुण पिडित भण्डारी, अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा ३ सयजनाको निशुल्क सुगर परीक्षण तथा औषधी वितरण समेत गरिएको थियो ।
त्यस्तैगरी मनकामना अस्पतालकै सहयोगमा भरतपुरमा रहेको लिटिल स्टार बोर्डिङ स्कुलमा पनि निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । बिहिबार सम्पन्न सो कार्यक्रममा १ सय ५० जना विद्यार्थी तथा अभिभावकको निशुल्क रगत परीक्षण तथा औषधी समेत वितरण गरिएको मनकामना अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले जानकारी दिए ।