उपनिर्वाचन: ४८ पदका लागि २ सय ८१ को उम्मेदवारी दर्ता

चितवन । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी परेको छ । स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारहरुले बुधबार मनोनयनपत्र दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुादैछ ।

उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २ सय १७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको संख्या २६ छ ।

आयोगले उपमहानगरपालिकाको प्रमुखका लागि पााच लाख ५० हजार, वडाध्यक्षका लागि दुई लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि तीन लाख ५० हजार र वडाध्यक्षका लागि एक लाख ५० हजार प्रचारप्रसार खर्च सीमा निर्धारण गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको