निशाश मोटर्सले गर्‍यो नयाँ पल्सर बाईक सार्बजनिक

चितवन । चितवनको रत्ननगर १० वकुलहरमा रहेको निशाश मोटर्सले पल्सरको नयाँ मोटरसाईकल पल्सर एनएस एफआई एण्ड एबिएस वजारमा ल्याएको छ । पूर्वी चितवनका लागि बजाज कम्पनीको मोटरसाईकलको आधिकारीक विक्रेता निशाश मोटर्सले विहीवार एक कार्यक्रम गरि नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो ।

निशाश मोटर्सका प्रवन्ध निर्देशक संजिव थापाले सो मोटरसाईकल सार्वजनिक गरे । २ सय सिसि डिटिएसआई इन्जिन भएको एनएसएफआई एण्ड एबिएस मोटरसाईकल आधुनिक एवंम आकर्षक रहेको प्रवन्ध निर्देशक थापाले वताए । उनका अनुसार यो मोटरसाईकलमार्फत आरामदायी सवारीको सुनिश्चितता गराउने,सजिलो स्टार्ट र एकनाशको प्रकाश दिने,राम्रो रोड ग्रीप र सुरक्षा दिने,स्पोर्टी लुक्स र सस्पेन्सनलाई वलियो वनाउने यसका विषेशता हुन्  ।

वजारमा सार्वजनिक भएदेखी सिमित अवधिका लागि यो मोटरसाईकलको विक्री मुल्य ३ लाख ५४ हजार ९ सय कायम गरिएको निशाश मोटर्सका प्रवन्ध निर्देशक थापाले वताए । मोटरसाईकलको स्पोर्ट सेग्मेन्टमा नयाँ आयाम थप्नका लागि पल्सर २ सय एनएसएफआई एण्ड एबिएस को डिजाईन गरिएको र यसले मोटरसाईकलले ग्राहकहरुमा नयाँ जोश र नयाँ अनुभुती प्रदान गर्ने थापाको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको