देउसी भैलोको रकमबाट अनाथ बालबालिकालाई खाना
चितवन । दिप ज्योति टोल बिकास सस्था, कालिका -६, मिलीजुली चोक द्वारा संचालित देउसी भैलोमा संकलित रकमबाट अनाथ बालबालिकालाई खाना खुवाइएको छ ।
भरतपुर- ११ मा रहेको सहाराको घरमा आश्रित बालबालिकालाई १ दिनको खाना खुवाइएको हो ।
करिब ४५ हजार रुपैया बराबरको खाना खुवाइएकाे सस्थाका सदस्य राजकुमार घिमिरेले जानकारी दिए।

सो अबसरमा सहाराको घर कि संचालक कुशुम शर्मा, सस्थाका अध्यक्ष दिपेन्द्र कंडेल देउसी भैलो कार्यक्रम सम्योजक समर्पण घिमिरे सदस्यहरु नबल सिल्वाल, निम्स वाइवा पाख्रीन, प्रबिन घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको