
चितवन । नेपाल जेसीजको रास्ट्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी दिएर प्रचार प्रसार लाई तिब्र पारेका चितवनका युबा अरुणेश्वर खनालले अहिले सुदुरपश्चिम प्रदेशमा आफ्नो उम्मेदवारी प्रबर्द्धन कार्यक्रम जारी राखेका छन् ।
खनालले सुदुर पश्चिममा रहेका विभिन्न शाखाहरुमा पुगेर आफ्नो उम्मेदवारी प्रबर्द्धन गर्दै आफुलाई सघाउन आग्र गर्नुभयो । शुक्रबार साँझ कैलालिको लम्किमा आयोजित कार्यक्रममा खनालले जेसीज मुलत तालिम प्रदान गर्ने सस्था भएकाले आफू ब्यबहारिक तालिमको पक्षमा रहेको बताउनु भयो ।
लम्की जेसीज र लम्की महिला जेसीजका पधधिकारी र सदस्यहरु सङको भेटमा जेसीजले बिधिको शासन र लोकतान्त्रिक पद्दतिको कार्यन्वयन्का लागि निरन्तर खबरदारी गर्ने बताउनु भयो । मानव सेवाको लागी युबाहरुलाई प्रेरित गर्दै उनिहरुमा सकारात्मक सोचको बिकास गर्ने आफ्नो लक्ष रहेको खनाल ले बताउनुभयो ।
लम्की जेसीजका अध्यक्ष मोहन ढुङाना , लम्की महिला जेसीजका अध्यक्ष इशारा थापा लगायत दुबै शाखाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागिहरुले खनाल लाई शुभकामना ब्यक्त गर्दै सफकताको शुभकामना दिएका थिए । यसै गरि खनालले शनिबार बिहान कैलालीको टिकापुरमा रहेको टिकापुर जेसीजमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै समाज रुपान्तरणका लागि युबाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले देशभर जेसीजवाद को सकारात्मक बिकास गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । टिकापुर जेसीजका अध्यक्ष गणेश बहादुर साउद को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्ब अध्यक्षहरु र शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । यसै गरि शनिबारनै खनालले कैलालिकै नारायणपुर जेसीजका पधाधिकारी हरु सङ छलफल गर्नुभयो । सो क्रममा नारायणपु्र जेसीजका अध्यक्ष धनन्ज्य ढुङाना , टिकापुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बलिराम चौधरी लगायतले खनाललाई शुभकामना दिएका थिए । खनाल नेपाल जेसीजमा अनुभबी नेता मानिन्छन् ।
अभियानका क्रममा बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटी, पुर्ब अध्यक्ष रमेश बस्ताकोटी , महासचिब रेशमराज शर्मा लगायतले खनाललाई साथ दिएका छन् ।