अनेरास्ववियूले भन्योः गो व्याक इन्डिया, भारतले सार्वजनिक गरेको नयाँ नक्साको चितवनमा विरोध

चितवन। लिपुलेक, कालापानीलगायतका नेपाली भूभागलाई भारतले आफ्नो नयाँ नक्सामा समेटेर कब्जा गरेको विरोधमा आज चितवनमा विरोध प्रदर्शन भएको छ ।

भरतपुरको चौबिसकोठीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियु, भ्रष्टचार विरोधी अभियान नेपालीका लागि नेपालीलगायतका संगठनले छुट्टा छुट्टै विरोध कार्यक्रम गरेका हुन् ।

विरोध कार्यक्रममा ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘गो व्याक इन्डिया’, कालापानी, लिपुलेक हाम्रा हुनलगायतका पोस्टर पर्दशन गर्दै नारा लगाएका छन् । विरोध सभामा पूर्वअनेरास्ववियु केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज प्रकाश भट्टले देशलाई अप्ठ्यारो परेको अवस्थामा चुप लागेर बस्न नसक्ने,सरकारलाई सचेत गराउन लागिपर्ने बताए ।

लिपुलेक कालापानी हाम्रो हो भारतले नक्सामा राख्न नपाउने बताउँदै उनले भारतको नक्सा खारेजको लागि दबाबका कार्यक्रम गर्ने बताए । यस्तै नेकपा जिल्ला कमिटी सदस्य नरेश अधिकारीले सधै भरी भारतीय विस्तारवादको विरोध गदै आएको निरन्तर रुपमा गर्ने बताए भारतले नक्सा परिवर्तन नगरे आफ्नो पार्टी नेकपा चुप लागेर नबस्ने बताए ।

  

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको