नेपाल जेसीजको रास्ट्रिय अध्यक्षमा अरुणेश्वर खनालको उम्मेदवारी, नारायणगढमा गरे प्रबर्द्धन कार्यक्रम
चितवन । नेपाल जेसीजको रास्ट्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी दिएर प्रचार प्रसार लाई तिब्र पारेका चितवनका युबा अरुणेश्वर खनालले आज नारायणगढमा आफ्नो उम्मेदवारी प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेका छन् ।
नारायणगढ जेसीज र नारायणगढ महिला जेसीजका पधाधिकारी , पुर्ब अध्यक्ष र सदस्यहरु सङ निर्बाचननमा आफुलाई सघाउन आग्रह गर्नुभयो । नारायणगढ जेसीजको सचिबालयमा आयोजित कार्यक्रममा नारायणगढ जेसीजका अध्यक्ष बिकासमान श्रेष्ठ , नारायणगढ महिला जेसीजका अध्यक्ष निरु कार्की लगायत दुबै शाखाका पुर्ब अध्यक्षहरुले खनाल लाई स्वागत गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा बीसहजार जेसीजका अध्यक्ष सन्तोश मजाकोटीले आफ्नो शाखाको तर्फबाट प्रस्तुत गरिएका उम्मेदवार खनाला रास्ट्रीय अध्यक्षमा जिताउन आग्रह गरेका थिए । कार्यक्रममा नारायणगढ जेसीजका पुर्ब अध्यक्षहरु सेबन पन्त , सुदिपसिँह अधिकारी , बिश्नु लम्साल , नेपाल जेसीजकी पुर्ब कानुनी सल्लाहकार मनशा थैब श्रेष्ठ , नेपाल जेसीजका रास्ट्रीय उपाध्यक्ष अर्जुन अधिकारी लगायतले खनाल लाई शुभकामना दिँदै आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
सो कार्यक्रममा बीसहजार जेसीजका सस्थापक अध्यक्ष बाबुराम कण्डेल , पुर्ब अध्यक्ष हरु रमेश बस्ताकोटी , जनकराज घिमिरे लगायत शाखाका पधाधिकारी लगायत को सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको