
चितवन । चितवनका विमल सुवेदी मिष्टर कन्टिनेण्टल इन्टरनेशनल २०१९ मा सहभागिता जनाउनका लागी मलेसिया जाने भएका छन । म्यान अफ नेपालका उपाधि विजेता नेपालको प्रतिनिधित्व गदै मलेसिया जाने भएका हुन ।
३२ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालको यो दोस्रो सहभागिता हो । यस अघि सहभागि भएका आशिक ताम्रकारले फाइनल सम्म आफ्नो यात्रा तय गरेका थिए ।
अरोमा कलेज कक्षा ११ मा अध्ययनरत बिमल व्यवस्थापन संकायका विद्यार्थी हुन । उनि अहिले १८ बर्षका भए । उनले मिष्टर कन्टिनेण्टल इन्टरनेशनल नेपाल २०१९ हुनु अघि म्यान अफ नेपालको उपाधि जितेका थिए । बिमल एसइइ परिक्षा पछि सहभागि भएको मिष्टर चितवन एसइइमा रनर अप भएका थिए ।
मिष्टर कन्टिनेण्टल इन्टरनेशनल २०१९ मलेसियाको कोटा किनावालु शहरमा यहि नोभेम्वर ४ बाट प्रतियोगिता सुरु हुनेछ ।