आज सार्वजनिक बिदा, काठमाडौं उपत्यकाका नेवार समुदायको आज भाइटीका

काठमाडौं– सरकारले कार्तिक बुधबार सार्वजनिक विदा दिएको छ ।

नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउँदैछन् ।

काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।

सोही क्रममा केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यो विषयमा छलफल गरेका थिए ।

सो छलफलमा प्रधानमन्त्री ओली सार्वजनिक विदा दिन सकारात्मक भएका थिए ।  त्यसलगत्तै मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको