![झिलिमिलि बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु](https://www.kalikadainik.com/wp-content/uploads/2019/10/karent.jpg)
महोत्तरी । महोत्तरीको रामगोपालपूरमा तिहारको लागि झिलिमिली बत्ती जडान गर्ने क्रममा एक युवकको मृत्यू भएको छ ।
रामगोपालपुर नगरपालिका वडा नं. ८ टिकुलिया स्थित जय महाराज देवी ज्वेलर्समा बत्ती जडान गरिरहेका धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. २१ निवासी १५ वर्षिय धिरेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको विद्युतीय झट्काले साहको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको छ ।