चितवन । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आधुनिक कृषि प्रणालीबाट कृषि पेशा अगाडि बढाउन किसान हरुलाई अनुरोध गरेका छन । उनले आधुनिक कृषि प्रणाली मार्फत कम लागतमा धेरै उत्पादन गर्न नसके किसान हरुलाई घाटा हुने बताए ।
प्रदेश सरकारले किसान हरूलाई विभिन्न अनुदान दिएको बताउदै मन्त्री लामाले अनुदान लिएर काम गर्न उनले किसान हरुलाई अनुरोध समेत गरे । प्रदेश सरकार सधै किसानको पक्षमा रहेको भन्दै आबश्यक सहयोग दिन र हातेमालो गर्न आफू सधै लागि परेको बताए । प्रदेश नं ३ का मन्त्री लामाले सो कुरा आज कालिका-६ खोलेसिमलमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाकाे २९औं बार्षिकाेत्सवकाे अवसरमा बोल्दै बताएका हुन ।
संस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा नं ६ का अध्यक्ष बिनोद रेग्मी, रास्ट्रिय दुग्ध बिकास बोर्डका निर्देशक बाबुकाजी पन्त, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर पौडेल, जिल्ला सचिब किशोर बगाले, उत्थान दुग्ध उत्पादक सहकारीका अध्यक्ष राजेन्द्र ढुंगाना, शेयर सदस्य मालती भट्टराई, दिपक लामिछाने, संस्थाका लेखा संयोजक लालुप्रसाद दाहाल लगायतले मन्तव्य राखेका थिए ।
सो अबसरमा उत्कृष्ट किसान हरुलाइ सम्मान समेत गरिएको थियो ।