
चितवन । चितवनका युवा गायक अस्मिन घिमिरेको नयाँ एल्वम नेपाल बन्द हैन,नेपाल बन्दैछ बजारमा आएको छ । हाइलाइट्स नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतमा घिमिरेको स्वर,शब्द संगित रहेको छ ।
गित मार्फत देशमा अस्थिरता होइन विकासको चरणमा प्रवेश गर्न लागेको दर्शाउन खोजिएको छ । काठमाण्डु डिजिटलमा रेकर्ड भएको गितको एरेन्ज किसोर तिवारी,रेकडिक्स सन्तोष सुनार रहेका छन् । गीतको छायाङकन सम्पादन रमेश बस्नेत,निर्देशन सासन कंडेलले गरेका छन् । पोष्ट प्रोडक्सन फोटो ग्यालरीले गरेको गितमा ड्रोनको काम अर्जुन चापागाँईले गरेका छन् ।
गीत मा गायक अस्मिन घिमिरेसंगै मनोज बराल र चितवनको सक्रिय वे ग्रुपका अभियान्ताहरुले समेत अभिनय गरेका छन् । गीतको छयाङकन पनि चितवनमा गरिएको हो ।
https://youtu.be/QYYY0nlbsUk