गैंडाको आक्रमणबाट चितवन कालिकाका गोरे कुमालको मृत्यु

चितवन । चितवनमा आज गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

कालिका नगरपालिका ४ बस्ने गोरे कुमालको आइतबार गैंडाको आक्रमणमा ज्यान गएको हो ।रत्ननगर नगरपालिका स्थित पञ्चकन्या सामुदायिक वनको खगेरि खोलामा उनलाई गैडाले आक्रमण गरेको थियो । उनी अपरान्ह करिब ५ बजेतिर गैंडाको आक्रमणमा परेका थिए । वनमा न्यूरो साग टिप्न गएका कालिका नगरपालिका–४ का ७२ वर्षीय कुमालको गैंडाको आक्रमणबाट मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको