काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महराले सभामुखको हैसियतले पाएको सरकारी सुविधा फिर्ता गरेका छन् ।
महराले सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका हुन् । गाडी संसद सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको महराको सचिवालयले जनाएको छ ।
महराले बा२झ १२६८ नम्बरको ल्याण्डक्रुुजर गाडी चढ्दै आएका थिए । यस्तै, क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ प्रहरी उनको सुरक्षामा खटिएका थिए ।
अब महरा डेराको खोजीमा रहेका छन् । डेरा पाउने बित्तिकै उनले सरकारी निवास छाेड्ने उनको सचिवालयले जनाएको छ ।
संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लागेपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । उनलाई आरोप लगाउने शाहीले आरोप लगाएको भोलिपल्टै बयान फेरेकी थिइन् ।
उनले आफूले आक्रोशमा आएर महरामाथी आरोप लगाएको भएपनि कुनै दुर्व्यवहार नगरेको बताएकी थिइन् ।