
नवलपरासी । पूर्वी नवलपरासीमा ट्रक र कार एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको कावासोती–८ को खरकट्टा जंगलमा लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किँदा कारमा सवार सबैको मृत्यु भएको हो ।
सोमबार राति १० बजे तिर भएको दुर्घटनामा मृत्यु हुने पाँचै जना पुरुष रहेका छन् । यद्यपि उनिहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै उनिहरुलाई उद्धार गरेर उपचारका लागि चितवन लगिए पनि उनीहरुको उपचार सम्भव भएको थिएन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।