शालिकराम पुडासैनी प्रकरण: ३ जनाको बकपत्र सकियो, रवि लामिछाने र युवराज कँडेलको भोलि

चितवन । शलिकाराम पुडासैनी प्रकरणको मुद्दामा आइतबार तीनजनाको बकपत्र भएको छ । थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतले जाहेरीकर्ता शालिकरामकी श्रीमती सम्झना पुडासैनी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाह र फरेन्सिक ल्याब नक्सालका प्रहरी नायब उपरीक्षक श्यामकुमार मण्डलको बकपत्र लिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार २० साक्षीको पत्र अदालतमा पठाइएकामा आज ३ जनाको मात्रै बकपत्र सकिएको छ । बाँकी वादी र प्रतिवादीका साक्षीको बकपत्र सोमबार हुने अदालतले जनाएको छ ।

यसैबीच पुडासैनी प्रकरणमा आरोपित न्यूज २४ टेलिभिजनका रवि लामिछाने र युवराज कँडेल चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई असोज ५ का लागि उपस्थित हुन आदेश गरेको थियो । अदालतको आदेश अनुरुप रुकु भनिने अस्मिता कार्की पनि आज अदालतमा उपस्थित भएकी थिइन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको