
चितवन । चितवनको नारायणगढमा रहेको फोर्ब्स कलेजले विद्यार्थीलाई स्मार्ट स्टडी सिस्टमबाट पढाउन सुरु गरेको छ ।
चितवनमा नै पहिलो पटक एजुकेटर फाउन्डेसन नेपालको प्रोग्राम लागु गरि सो सिस्टमबाट पढाउन सुरु गरेको कलेजका प्रिन्सिपल दिपक गौतमले जानकारी दिए । कार्यक्रम फाउन्डेसनका प्रशिक्षक तथा रिसर्चर तारा प्रसाद अधिकारीले सो कलेजका शिक्षक हरुलाई प्रशिक्षक दिएका थिए ।कार्यक्रममा कलेजका २५ जना शिक्षक हरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा शिक्षकले बिध्यार्थी हरुलाई पढाउने तरिका, कसरी पढाउनु पर्छ ?, बच्चाको मनोबिज्ञानिक भावना कसरी बुझ्ने ?, बिध्यार्थी हरुलाई कसरी पढेको कुरा लामो समयसम्म सम्झन सक्छन् सोको बानी बसाल्ने जस्ता टेक्निकल पाटोमा चर्चा गरिएको थियो ।
फाउन्डेसनले आगामी दिनमा पनि विभिन्न प्रकारको तालिम संचालन गर्ने योजना रहेको कलेजका प्रिन्सिपल दिपक गौतमले जानकारी दिए । फाउन्डेसनले कलेजमा शिक्षक, बिध्यार्थी र अभिभावकलाई एक बर्षमा १० भन्दा बढी प्रकारका तालिम कार्यक्रम दिने बताइएकाे छ ।
हाल सो कलेजले बी.एच.एम. र बी.सी.एच.आई.टी. विषयमा अध्यापन गराउँदै आएको छ ।