
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं.६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.ले कक्षा १२ को परीक्षामा उत्कृष्टअंक ल्याउने विद्यार्थी अस्मिता पौडेल र अनिष धमलालाई सम्मान गरेको छ ।
शेयर सदस्यहरु मध्येबाट उनीहरुका छोराछोरी मध्ये उत्कृष्टअंक ल्याउनेलाई संस्थाले हरेक वर्ष नगद, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्ने गरेको हो । उनिहरु लाई संस्थाका अध्यक्ष शितलकाजी श्रेष्ठले सम्मानित गरेका थिए ।
संस्थाको १२औं वार्षिक साधारण सभाको अवसरमा संस्थाका ज्येष्ठ शेयर सदस्यहरु चन्द्रप्रसाद पाठक, ईश्वरीप्रसाद काप्री र सूर्यनाथ न्यौपानेलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य ईश्वरकुमार श्रेष्ठ, गीताकुमारी घिमिरे, गोपिन्द्र चौधरी र तुलसी अर्याललाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट ऋणी रामबहादुर थापा मगर र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी सुमन महतोलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष शितलकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उनले संस्थाको नीति, कार्यक्रम तथाआर्थिक वर्ष २०७६/७७ को भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उपाध्यक्ष ओम प्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए । संस्थाका सचिव भिम प्रसाद लामिछानेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष भिम प्रसाद खनालले लेखा परीक्षण प्रतिवेदन र लेखा संयोजकद्रोणाचार्य रेग्मीले आन्तरीक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुखअतिथि नगर प्रमुख खुमनारायण श्रेष्ठ, वडा अध्यक्ष बिनोद रेग्मी, नेकपाका नेता रामध्वज डल्लाकोटी, जयचन्द्र प्रसाद चौधरी, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, अजम्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पासाङ लामा, दिग्दर्शन बचत तथाऋण सहकारी संस्थाका अध्यक्ष युवराज खतिवडा, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष आसिक तमाङ, शेयर सदस्यहरु भोजराम थपलिया र रिता काप्रीले मन्तव्य व्यक्त गरेका थिए । सो संस्थाले गत आर्थिक वर्षमा रु.६० करोडको आर्थिक कारोवार गरेको थियो । सो संस्थाले हाल पदमपुर र टाँडीमा सेवा केन्द्र स्थापना गरी शेयर सदस्यहरुलाई सुविधा समेत दिँदै आएको छ ।