
चितवन । नेपालीहरुको महान पर्ब बिजया दशमीको अबसर पारी भरतपुरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
आर्दश टोल बिकास संस्था र सांस्कृतीक कार्यक्रम आयोजक समिती भरतपुर ७, ८ र ९ को संयुक्त आयोजनामा यहि असोज १७ गते कार्यक्रम हुने भएको छ । सांस्कृतिक कार्यक्रमको आयोजना पछी उठेको रकमबाट तिन वटै वडामा रहेका टोल बिकास संस्थाहरुसंग संमन्वय गरी बिशुद्ध सामाजिक कार्यमा रकम खर्च गर्ने गरी एउटा संस्था स्थापनाको उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागीएको आयोजक समितीका अध्यक्ष शिब प्रसाद घिमीरेले बताउनु भयो ।
भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको पिस जोन बोर्डिग स्कुलको खेल मैदानमा हुने उक्त सांस्कृतिक कार्यक्रममा रास्ट्रिय स्थरमा ख्याती प्राप्त र स्थानिय कलालारहरुको समेत प्रस्तुती रहने छ ।
कार्यक्रममा चर्चीत लोक तथा दोहोरी गायक राजु परियार , चन्दा अर्याल ,पुर्रषोतम भण्डारी ( पुर्खे बा ) , सरिता गुरुङ श्रेष्ठ , भुवन प्यासी , उमा देबि खनाल , मुत्ति सापकोटा , जिवन परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने प्रचार प्रसार समितीका संयोजक माधब सापकोटाले बताउनुभयो ।