चितवन । नेपाल शैक्षिक परामर्श संघ चितवनको अध्यक्षमा हिम्मत पुरी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न इक्यान चितवनको आठौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनबाट पुरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा समुन्द्र अर्याल निर्वाचित भएका छन् भने, सचिवमा हेमराज सिग्देल र कोषाध्यक्षमा दिपक चन्द्र भट्टराई चयन भएका छन् । समितिको सदस्यहरुमा किशोर सुवेदी, बबिन्द्र गुरुङ, आशिष दवाडी र प्रभाष क्षेत्री चयन भएका छन् ।
निर्वाचनमा पुरीले ३२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी एकराज डल्लाकोटीले १५ मत पाएका थिए । निर्वाचनमा पुरी १७ मतान्तरले बिजयीी भएका हुुन ।संघको उपाध्यक्षमा डल्लाकोटी प्यानलका समुन्द्र अर्याल बिजयी भएका छन । उनले पुरी प्यानलका रविन केसीलाई १ मतको झिनो मतान्तरले पराजित गरे । अर्यालले २४ मत र केसीले २३ मत ल्याएका थिए ।
सचिवमा पनि डल्लाकोटी प्यानलका हेमराज सिग्देलले पुरी प्यानलका सुदिप भट्टराईलाई १ मतको झिनो मतान्तरले पराजित गरे । सिग्देलको २४ मत र भट्टराईले २३ मत प्राप्त गरे । कोषाध्यक्षमा डल्लाकोटी प्यानलकै दीपकचन्द्र भट्टराई बिजयी भए । उनले आफ्ना निकटम प्रतिद्वन्दी पुरी प्यानलका कृष्ण कँडेललाई १० मतान्तरले पराजित गरे । भट्टराईले २८ मत ल्याउदा कँडेलले जम्मा १८ मत ल्याए । यस्तै सदस्यहरुमा डल्लाकोटी प्यानलका किशोर सुवेदी (२७) र भविन्द्र गुरुङ (२५) तथा पुरी प्यानलका आशिष दवाडी (२५) र प्रभास थापा क्षेत्री (२४) बिजयी भए ।
इक्यान चितवनको अधिवेशनमा इक्यान केन्द्रिय अध्यक्ष विष्णुहरि पाण्डे, बरिष्ठ उपाध्यक्ष महेशबाबु तिमल्सिना, प्रथम उपाध्यक्ष राजेन्द्र रिजाल, द्वितिय उपाध्यक्ष देवीदास भट्टराई, महासचिब शेषराज भट्टराई, सचिब दीपक राज भुसाल लगायतको उपस्थिति रहेको थियो ।