चितवनमा नदिमा डुबेर २  विद्यार्थीको मृत्यु

चितवन । भरतपुर वडा नं ३ बाह्रघरेचोक देखि ८०० मिटर पश्चिम तर्फ रहेको नारायणी नदीको भङ्गालोमा डुबेर मुनलाइट बोर्डिङ स्कुलका दुई विद्यार्थीको मृ*त्यु भएको छ ।

कक्षा ७ मा पढ्ने भरतपुर १६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल र सोही स्थानका सोहि स्कुलमा ७ कक्षामा पढ्ने अन्दाजी वर्ष १४ को प्रशान्त क्षेत्री पौडी खेल्ने क्रममा भङ्गालोमा डुबेका हुन् ।

उनीहरूलाई उद्धार गरी भरतपुर अस्पताल ल्याउँदा दुवैजनाको साढे २ बजे अस्पतालले मृत घोषणा गरेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।

ती दुई जना विद्यार्थी परीक्षा दिन बिहान विद्यालय पुगेका थिए । त्यहाँ झोला राखेर कलम किन्न भन्दै दिउँसो १२ः५० बजेको समयमा बाहिर निस्केर पौडी खेल्न नजिकैको नारायणी नदीको भङ्गालोमा पुगेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको